Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

विराटनगर । विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई महिला र ६ जना पुरुषको रहेका छन् ।

कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतक मध्ये ४ जना विराटनगरका छन् भने ६ जना बाहिरका छन् ।

कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५५ वर्षीय पुरुषको बुधबार दिउँसो १२ बजे, विराटनगर महानगरपालिका– १० का ७० वर्षीय वृद्धको बुधबार दिउँसो साढे १२ बजे,विराटनगर महानगरपालिका– ९ का ८६ वर्षीय वृद्धको बुधबार दिउँसो साढे १२ बजे र विराटनगर महानगर-८ का ७६ वर्षीय वृद्धको बिहीबार बिहान ६ बजे मृत्‍यु भएको छ ।

यस्तै बिहीबार बिहान करिब २:३० बजे इनरुवा नगरपालिका- ३ सुनसरीका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

सिरहा घर भएकी ५० वर्षीय महिलाको बिहीबार बिहान सवा १ बजे, इटहरी– ७ सुनसरीका ३० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै नोबेल मेडिकल कलेजमा एकजना कोरोना सङ्क्रमितको बुधबार बेलुका उपचारको क्रममा मृत्यु भएको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पोजेटिभ भएपछि उनलाई बैशाख २९ गते नोबेलमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा