विराटनगर । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा मोरङमा तीन जना पक्राउ परेका छन् ।
विहीबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका ११ रोडषेश चोकबाट २१ लाख भन्दा बढी रकमसहित मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरी र विराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।
साह र चौधरीको साथबाट प्रहरीले नेपाली २१ लाख ७१ हजार र २३ हजार भारतीय रुपैयाँ र बिभिन्न बैकका चेकहरु बरामद गरेको छ ।
उनिहरु रहेको स्थानीय अमृत कुमारको घरको कोठा खानतलासी गर्दा मोवायल र नगद डिपोजिट रसिद पनि बरामद भएको छ ।
ठुलो मात्रामा नगदसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी प्रहरीले गरेको छ ।