झापा । झापा अर्जुनधारामा काछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङको मृत्यू भएको हो ।
आईतबार साँझ साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।