काठमाडौं । पूर्व मन्त्री तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री काठमाडौंबाट संकलन गरी पुनः ताप्लेजुङ पठाएका छन् ।
भट्टराईको संयोजनमा ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यलय र जिल्ला अस्पताल ताप्लेजुङले माग गरेका आवश्यक सामाग्रीहरु सोमबार ढुवानी मार्फत ताप्लेजुङ पठाएका हुन् ।
पठाइएका स्वास्थ्य सामग्रीमा अक्सीजन सिलिन्डर ४० लिटरको १० थान, क्वालीटीको पीपीई ३० थान, पल्स अक्सिमिटर ३ थान र २ सय थान एन्टिजेन किट रहेको भट्टराईका नीजि सचिव प्रेम गुरागाईँले जानकारी दिएका छन् ।
हाई क्वालीटीको ३० थान पीपीई मध्ये क्यानडामा रहेका ताप्लेजुङ्बासी घनश्याम भट्टराई र दीलप्रसाद याक्सोबाट २५ थान र उत्पादक व्यवसायी इरशाद अलीबाट ५ थान उपलब्ध गराईएको हो ।
स्वास्थ्य सामग्री ढुवानीका लागी दुईवटा गाडी नेता भट्टराईलेनै व्यवस्था गरेर ताप्लेजुङ पठाईको हो । अत्यावश्य केहि थप सामाग्रीहरु संकलन कार्य भईरहेको उनको सचिवालयले जनाएको छ । ती सामग्री समेत चाडै ताप्लेजुङ पठाईने बताइएको छ ।