Lite Nepal

सोमबार, जेठ २४, २०७८

विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार दिउँसो २ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।

आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ ।

आइतबारमात्रै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद सचिवालयले माओवादी केन्द्रलाई प्रतिपक्षको लाइनमा सिट व्यवस्थापन गरेको छ । प्रदेशसभा सचिवालयले संसद बैठकका लागि आवश्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ ।

बैठकमा सहभागी हुने प्रदेशसभाका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय बिटका पत्रकारहरुको शनिबार र आइतबार कोरोना पीसीआर परीक्षण गरेको र नेगेटिभ रिपोर्ट आएकालाई मात्रै आज उपस्थित हुनेछन्े ।

परीक्षण गरिएका मध्ये एक सांसदसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ ।

शनिबार गरिएको स्वाब परीक्षणमा संसद सचिवालयका एकजना चालक, एक माली, दुईजना मर्यादापालक र एक पत्रकारलाई कोरोना पुष्टि भएको छ ।

त्यसैगरी आइतबार गरिएको परीक्षणमा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाको रिपोर्ट पोजेटिभ आएको छ ।

सांसद साम्बाले एक महिनाअघि नै संक्रमित भएको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेपनि रिपोर्ट पोजेटिभ आएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा