Lite Nepal

बुधबार, जेठ २६, २०७८

विराटनगर । बाँझोपन अर्थात गर्भ नबस्ने समस्या हुनुमा महिलाकै कमजोरी देखाउने मान्यता अझै कायम छ । बाँझोपन महिलामा मात्रै हुन्छ र महिलाकै कमी–कमजोरीका कारण गर्भ नरहने पुरुषवादी चिन्तन व्याप्त देखिन्छ ।

गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन । यी दुवै समस्याको समाधानका आ–आफ्नै उपचार पद्धति छन् । केहि यस्ता घरेलु उपाय छन् गर्भ नबस्ने समस्याको केहि हद सम्म समाधान गर्न सकिन्छ ।

–एक चम्चा नागरकेशरको धुलोमा १ चम्चा घ्यु मिलाई खानाले तथा गाईको दूध सेवन गर्नाले बाँझोपनको समस्या हट्छ ।

–ढाकको पातलाई पिसेर दुधसँग खानाले बाँझोपनको समस्या हट्छ ।

–समुद्री झारलाई पिसेर दहीसँग मिलाई खानाले बाँझोपनको समस्या घट्छ ।

–सुपारी र नागकेशरलाई बराबर मात्रामा मिलाई पिसे दिनको एक चिम्टी धुलो खानाले बाँझोपनको समस्या घट्छ ।

–महिनावारीको समयमा अश्वगन्धा खानाले सन्तान उत्पादन शक्ति बढ्छ ।

–महिनावारी भएको पाँच दिनपछि ४ चम्चा सस्यूँलाई पिसेर बिहान एक चम्चाका दरले पानीसँग खानाले बाँझोपन हट्छ ।

–काफललाई पिसेर त्यही मात्रामा मिश्री मिलाउनुहोस् । नुहाइसकेपछि ६ ग्रामका दरले उक्त औषधी पाँच दिनसम्म सेवन गर्नुहोस् । त्यसपछि यौन सम्पर्क गर्नाले गर्भ रहन सक्छ ।

–नागरदहलाई गाईको घ्यूसँग मिलाई योनीमा लगाउनाले बाँझोपन निको हुन्छ ।

–पिपलको दानालाई सुकाएर पिस्नुहोस् । उक्त दानाको ३ ग्राम धुलो २५० ग्राम गाईको दुधसँग मिलाई खानाले बाँझोपन निको हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा