Lite Nepal

बुधबार, आषाढ ०२, २०७८

ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको बताए पनि अस्पतालले आर्थिक वर्षभित्रै प्लान्ट स्थापना गर्न नसक्ने जनाएका छन् ।

ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिम लामा अहिलेसम्म बजेटको सुनिश्चितता नभएको, मन्त्रालयले दररेट नदिएको र टेन्डर गर्ने समय नभएको बताउँछन् । अर्थ मन्त्रालयले जेठ ६ गते जारी गरेको सूचनामा ताप्लेजुङ अस्पतालसहित १३ वटा अस्पतालमा प्लान्ट स्थापनाका लागि १७ करोड ८७ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । ताप्लेजुङका लागि ७५ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

अर्थ मन्त्रालयको पत्र संख्या ३७०–०२–२० को चलानी नम्बर २३२४ मा जेठ ६ गते नै अर्थ मन्त्रालयले बजेटको सहमति दिएको उल्लेख छ । जिल्ला अस्पतालले भने झन्डै एक महिनापछि प्लान्ट स्थापना गर्न नसकिने बताउन थालेका हुन् । प्लान्ट स्थापना हुन नसक्ने विषय आफूले भर्खरमात्रै थाहा पाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष घनेन्द्र मादेन बताउँछन् ।

सरकारले प्रत्येक अस्पतालमा ‘अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति’ गठन गरेको छ । जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा हुने समितिमा अस्पताल रहेको नगरपालिकाको प्रमुख, प्रदेशको सामाजिक विकास मन्त्रालयले छनोट गरेका ५ जना र अन्य सरोकारवाला निकायका प्रमुख सदस्य हुने व्यवस्था छ । जिल्ला अस्पतालको खातामा रकम हालिदिए प्रक्रिया सुरु गर्न सजिलो हुने मादेन बताउँछन् । कान्तिपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा