Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

काठमाडौ । विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो ।

कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ ।

प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा आवश्यकताअनुसार उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बताउनुभयो ।

देशका सबै सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजनको उपलब्धता बढाउने गरी क्षमता विस्तारमा सरकार लागिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको विश्व बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्नेछन् । विश्व बैङ्कले कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग पु–याइरहेको विश्व बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा