ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा फुङलिङ नगरपालिका ५ की ५० वर्षीय अञ्जु खड्का रहेकी छिन् ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल पु¥याउँन साथ उनको गएराति नै निधन भएको हो ।
मृतक खड्काको असार १५ गते एन्टिजेन पोजेटिभ देखिएको बताईएको छ । उनलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भए पनि मौषममा आएको खराबीले सम्भव भएको थिएन ।
यो सहित जिल्लामा कोरोना संक्रमणका कारण निधन हुनेको १६ पुगेको छ । मृतक मध्ये १० जना महिला रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।