काठमाडौं । एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार प्रसार उप–समितिका संयोजक योगेश भट्टराईले महाधिवेशन सफल पार्न व्यवस्थित प्रचार–प्रसारको अभियान सुुरु गरिएको बताएका छन् ।
मंगलबार एमालेको जनवर्गीय संगठनका प्रचार विभागका प्रमुख, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा प्रेस चौतारीका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
छलफलका क्रममा सहभागीले केन्द्रीय प्रचार विभाग र प्रचार प्रसार समितिले प्रचारको योजना बनाएर प्रदेश र जिल्लामा पठाउन सुझाव दिएका थिए ।
नेकपा (एमाले)ले दशौं महाधिवेशनलाई लक्षित गरेर मंगलबारबाट प्रचार अभियान सुरु गरेको हो ।