Lite Nepal

शनिबार, जेठ १४, २०७९

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहनुभएको छ ।

यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै बच्चुराज बस्याल, सरिता घले र प्रेमकुमार सुनुवार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुक्रबारै प्रमाणपत्र वितरण गरिएको छ । अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी हुनुभएको थियो । यस्तै, टोखाको अधिकांश वडामा पनि नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा