Lite Nepal

शुक्रबार, जेठ २७, २०७९

ताप्लेजुङ – जिल्ला समन्वय समिति ताप्लेजुङको निर्वाचन यही ३१ जेठमा हुने भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन हुने भएको हो ।

जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ भने २९ गते उम्मेदवारी फिर्ता र दाबी–विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले बताउनुभयो ।

उहाँका अनुसार ३० गते मौन अवधि र ३१ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रमको सूची प्रकाशित हुने तयारी गरिएको छ । नौ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष गरी ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनमा १८ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा