काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आमा हीराबेनको जन्मदिन मनाउनुभएको छ। आमा १०० वर्ष पुगेको अवसरमा अहमदावाद पुगेर मोदीले हीराबेनको जन्मदिन मनाउनुभएको हो ।
#WATCH | Gujarat: Prime Minister Narendra Modi met his mother Heeraben Modi at her residence in Gandhinagar on her birthday today.
Heeraben Modi is entering the 100th year of her life today. pic.twitter.com/7xoIsKImNN
— ANI (@ANI) June 18, 2022
जन्मदिनमा पूजा गर्नु, आशीर्वाद लिनु र मिठाई खानु सामान्य नै हो। यी सबै प्रक्रिया पनि गरेका मोदीले जन्मदिनमा आफ्नी आमाको गोडा धुनुभएको देखिन्छ । त्यतिमात्र हैन गोडा धोएपछि मोदीले उक्त पानी आफ्नो आँखामा लगाउनुभयो । आमाको गोडा धोएर उक्त पानी आँखामा लगाएको विषय अहिले चर्चाको विषय बनेको छ।