Lite Nepal

शुक्रबार, आषाढ १७, २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा भिक्षा माग्न निषेध गरेको छ। महानगरले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिक्षा माग्न निषेध गरेको हो।

महानगरले साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा मात्र भिक्षा माग्न पाइने जनाएको छ।

महानगरपालिका नगर सभा ११औं अधिवेशनबाट स्वीकृत नीतिका आधारमा साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन महानगरले अनुरोध गरेको छ। १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु तथा नगराउन सूचना जारी भएको हो।

असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन हुँदै आएको जनाएको छ। मानव सेवा आश्रमको सेवा आवश्यक परेमा काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न अनुरोध गरिएको छ।

जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १० ९दस० दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु तथा नगराउनुकुन सूचित गरिन्छ। यस कार्यमा सयोग गर्न सम्बद्ध व्यक्ति र आम मनानगरवासीमा समेत अनुरोध गरिन्छ। यस सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा