Lite Nepal

सोमबार, आषाढ २७, २०७९

काठमाडौं – बैचारिक रुपमा कार्यकर्ता कमजोर हुँदै गरेको टिप्पणी भइरहेका बेला एमालेले सातवटा विषयमा केन्द्रीत भएर प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले अस्ती जेठ ३० र असार १९ गते बसेका सचिवालयका बैठकका निर्णयका आधारमा आज जारी गरेको अन्तरपार्टी निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ ।

(अपानीमा ‘बैचारिक प्रशिक्षण’ शिर्षकमा उल्लेख भए अनुसार कार्यकर्ताहरुमा अझै पनि गठबन्धनको धङधङी छुट्न नसकेकोले त्यसबाट मुक्त भएर उच्च मनोवलका साथ अघि बढ्ने बनाउन कार्यकर्तालाई यस प्रकारको प्रशिक्षणको तयारी गरिएको हो ।

अपानीमा उल्लेख भए अनुसार निर्वाचनको परिणामपछि अनावश्यक रुपमा सृजित प्रतिरक्षात्मक मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याई उनीहरुलाई आागमी चुनौतीका लागि सहज सामना गर्न सक्ने बनाउन देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ । त्यसका लागि निम्न विषयवश्तुहरु तोकिएको अपानीमा उल्लेख छ ।

१, स्थानीय निर्वाचनको सन्देश,शिक्षा र आागमी निर्वाचनको तयारी

२, वर्तमान राजनीतिक शक्ति सन्तुलन,पार्टीका सामथ्र्य,विस्तार र राष्ट्रको मुख्यशक्तिका रुपमा नेकपा एमालेको भूमिकाको अभिवृद्धी

३, पार्टी र जनप्रतिनिधीबीचको अन्तरसम्बन्ध ,समन्वय र स्थानीय तहबाटै समाजवादका आधार निर्माण गर्न पार्टीले खेल्नुपर्ने भूमिका

४, पार्टीपंक्तीलाई अनुशासितm जीवन शैलीयुक्त आर्थिक रुपमा स्वस्थ एवं व्यवस्थित बनाउने सम्बन्धमा

५, महंगी लगायत जनसरोकारका विषयमा आन्दोलन उठानर यसमा पार्टी कमिटी तथा जनसंगठनको परिचालन

६, प्राकृतिक विपत्ती र विपद् व्यवस्थापनमा पार्टीको स्वयंसेवी संरचनालाई तयारी अवस्थामा राख्न निर्देशन

७, प्रचार कार्यलाई शसक्त बनाउने एवं पार्टी काममा सूचना प्रविधिको प्रभावकारी प्रयोगका सम्बन्धमा ।

प्रशिक्षण हाइब्रिड हुने जनाइएको छ । जसमा भौतिक उपस्थिती विधी र भर्चुअल माध्यमको पनि प्रयोग हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा