Lite Nepal

सोमबार, आषाढ २७, २०७९

काठमाडौं – नेपाली जनता दलले आगामी सङ्घीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ ।

उक्त दलले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्दती उपयुक्त विकल्प भएको उल्लेख गरेको छ । जनता दलले लैङ्गीक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष हरिचरण साहले सबै वर्ग, जाती, समूदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनेगरी समानुपातिक निर्वाचन प्रणाली अपनाउनु अहिलेको अपरिहार्यता भएको बताउनुभयो । उहाँले देशलाई शान्ति र समृद्धिको दिशामा अघि बढाउन राजनीतिक स्थिरताको खाँचो औँल्याउनुभयो ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अनुप पहाडी, उपाध्यक्षद्वय रघु परियार र यामबहादुर जिसी, उपमहासचिव सुमा बास्तोलाले वैकल्पिक राजनीतिक दलको रुपमा विगत २८ वर्षदेखि सङ्घर्ष गर्दै आएको जनता दलले जनसंख्याको आधारमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा विगतदेखिनै उठाइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा