काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरिरहनु भएको छ ।
नेपालको चारदिने भ्रमणमा रहेका लिउ अध्यक्ष ओलीलाई भेट्न केहीबेर अघि ओली निवास बालकोट पुग्नुभएको हो । यसअघि, उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत व्यक्तिसँग भेटवार्ता गरिसक्नुभएकोृ छ ।
लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो ।