Lite Nepal

मंगलबार, चैत्र १४, २०७९

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् ।

मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि घेर्नका लागि विराटनगर आएका थिए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी कार्यशालामा सांसदहरु सहभागी हुने कार्यक्रम थियो । पहिचानका आधारमा नाम राख्न दबाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १५ जना घाइते भएका छन् । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए । डीएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

आन्दोलनरत पक्षबाट शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई एन के दर्नाललगायत ९ जना घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको स्थानीय पारस अस्पतालमा उपचार भइरहेको छ ।

झडपका कारण एक घण्टा विराटनगरको बसपार्कको दक्षिणदेखि रोडेशष चोकसम्मको अवस्था तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १७ राउण्ड हवाई फायर, १३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । सशस्त्र प्रहरी बलले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि कोण सभा गर्दै आन्दोलनकारी फर्किएका छन् । आन्दोलनकारी फर्किएपछि अवस्था सामान्य बनेको छ ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो । पहिचान पक्षधरले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो ।

गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा झडप हुँदा घाइते पदम लिम्बुकाे चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी पहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै आन्दोलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा