Lite Nepal

बुधबार, फाल्गुण १६, २०८०
‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० को तयारीका विषयमा जानकारी दिँदै आयोजक । © लाईट नेपाल

काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आगामी शनिबार (फागुन १९ गते) हुने वनभोजका लागि आर्थीक र यातायातसहितका सबै तयारी पुरा भएको जनाएको हो ।

ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र एक दिन भए पनि दुःख, सुख साटासाट गर्ने उदेश्यले सरोकार केन्द्रले हरेक वर्ष वनभोजको आयोजना गर्दै आएको छ । कोरोना महामारीमा केही वर्ष रोकिए पनि अघिल्लो वर्षबाट नियमित यस्ता कार्यक्रमको आयोजना गरी जिल्ला वासीहरूलाई एकजुट गराउँदै आएको वनभोज आयोजक समितिका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।

यसपटक पनि अघिल्लो वर्ष आयोजना गरेकै स्थान भक्तपुरको मन्थली चौर, गुण्डुमा वनभोज कार्यक्रमको आयोजना गरिएको र तीन हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्था सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले लाइट नेपाललाई जानकारी दिए । वनभोज स्थलमा पुग्नका लागि उपत्यकाका विभिन्न स्थानबाट बसको व्यवस्था गरिएको र कार्यक्रम स्थलमा नै खाजा र खानाको व्यवस्थापन गरिएको केन्द्रका महासचिव सन्तोस मादेनले बताए ।

यसपटक हुन लागेको १२औं ताप्लेजुङ वनभोज सम्पन्न गर्नका लागि सरोकार केन्द्रका उपाध्यक्ष बलहादुर तामाङको संयोजकत्वमा वनभोज आयोजक समिति गठन गरेको र सो समितिले वनभोज सफल पार्न १० वटा उपसमितिहरू वनाई कामलाई अगाडि बढाएको वनभोज प्रचार उपसमितिका संयोजक प्रेम गुरागाईँले जानकारी दिए । उनका अनुसार सरोकार केन्द्रले जिल्ला वासीलाई समेट्न यस्ता विभिन्न कार्यक्रमसहित जिल्लाका विकास निर्माण, प्रचार र सहयोगका लागि पनि काम गर्दै आएको छ ।

आर्थिक व्यवस्थापन
वनभोजको आर्थिक मुख्य स्रोत टिकट बिक्री वितरण नै रहेको आयोजकले जनाएको छ । यसपटक वनभोजको टिकट रकम १००० राखिएको छ । यस बाहेक जिल्लावासी व्यवसायी तथा शुभचिन्तकहरूबाट प्राप्त हुने रकमले सहयोग मिल्ने जनाएको छ । विगतका वर्षहरूमा पनि वनभोज समितिले आर्थिक रकमहरू जुटाउने कार्य गर्दै आएको थियो ।

कसरी पुग्ने आयोजना स्थल ?
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपूर र भक्तपूरमा गरि बीस वटा रुटहरूवाट करिब २२ वटा बसहरूको ब्यवस्थापन गरिएको छ । आवश्यकता र मागको आधारमा बसहरू थप हुनसक्ने आयोजकले लाइट नेपाललाई जानकारी दिएको छ ।

जिल्लाबासीहरू बढी उपस्थित हुने सम्भावना भएका उपत्यकाका मुख्य–मुख्य चोकहरूमा बसको व्यवस्था गरि वनभोज स्थल लैजाने र वनभोज सकिए पछि साविक ठाँउमा ल्याउने कार्य गरिनेछ । वनभोज स्थलमा आवश्यकता अनुसार स्वयमसेवकको भूमिकासमेत निर्वाह गर्नेछ ।

के के हुन्छन् कार्यक्रम ?
वनभोज कार्यक्रमलाई संगीतमय र मनोरञ्जनात्मक बनाउन साँस्कृतिक उपसमितिले विशेष गरि ताप्लेजुङ झल्कने विभिन्न जातीय झाँकीहरू प्रदर्शन गर्ने आयोजकले जनाएको छ । साथै जिल्लावासी कलाकारहरूले पनि प्रस्तुति दिने बताइएको छ । तर, यहाँ सामुहिक नाचगानमा जोड दिइने आयोजकले बताएको छ ।

देशकै ठूलो वनभोज भएकोले मानिसहरूको भिडभाड हुनेभएकाले स्वयमसेकहरूबाट भईपरि आउने समस्याहरू समाधान गर्ने र आवश्यक परेको समयमा सुरक्षाकर्मी पनि परिचालन गरिने बताइएको छ । सरोकार केन्द्रले कोटेश्वर, जगाती र स्थानीय चौकीमा पत्राचार गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाईएको आयोजकले लाइट नेपाललाई जानकारी दिएको छ ।

स्थापनाको छोटो समयमा नै सरोकार केन्द्र ताप्लेजुङवासीहरू बिच प्रिय बन्यो र साझा छाता संस्थाको रूपमा स्थापित भएको मानिन्छ । जिल्लाको साझा छाता संस्थाको रूपमा क्रियाशील यस केन्द्रले जिल्लाको समग्र विकास र अप्ठ्यारो परिस्थितिमा जिल्लावासीको सुख दुखको साथीको रूपमा काम गर्दै आएको छ ।

कस्तो संस्था हो सरोकार केन्द्र ?
ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्दै आएका ताप्लेजुङवासीहरूलाई एउटा साझा र छाता संस्थामा गोलवनद गर्ने उदेश्यले स्थापना भएको संस्था हो ताप्लेजुङ सरोकार केन्द्र । ताप्लेजुङवासीहरूबीच आपसी एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी वनने साथै जिल्लाको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले २०६२ साल भदौ १६ गते ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको स्थापना भएको हो ।

स्थापनाको छोटो समयमा नै सरोकार केन्द्र ताप्लेजुङवासीहरू बिच प्रिय वनयो र साझा छाता संस्थाको रूपमा स्थापित भएको मानिन्छ । जिल्लाको साझा छाता संस्थाको रूपमा क्रियाशील यस केन्द्रले जिल्लाको समग्र विकास र अप्ठ्यारो परिस्थितिमा जिल्लावासीको सुख दुखको साथीको रूपमा काम गर्दै आएको छ । ताप्लेजुुङवासीहरू बिच आफ्नो गतिविधिका कारण ताप्लेजुङ सरोकार केन्द्रले आफ्नो छुट्टै पहिचान वनाएको छ ।

स्थापनाकालदेखि नै यस केन्द्रमा समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका उच्च पदस्त कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी सबै पक्षको सहभागिता रहँदै आएको छ । ताप्लेजुङवासीहरूको माया, सद्भाव र सहयोगले सरोकार केन्द्रले वनभोज लगायतका ठूला–ठूला कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

कस्ता गतिविधि गर्दै आएको छ ?
ताप्लेजुङ वनभोज
सरोकार केन्द्रले गर्ने कार्यक्रमहरूमध्ये एउटा मुख्य कार्यक्रम वनभोज नै हो । आपसी भेटघाट, चिनजान र मनोरन्जको थलोको रूपमा रहेको ताप्लेजुङ वनभोज हरेक वर्षको फागुन महिनामा आयोजना गर्दै आएको छ । हजारौं मानिसको उपस्थिातिमा हुने ताप्लेजुङ वनभोज नेपालकै ठूलो वनभोज मानिन्छ ।

राहत तथा सहयोग कार्यक्रमहरू
आगलागी, बाढी पहिरोलगायत ताप्लेजुङ जिल्लामा हुने प्राकृतिक प्रकोपहरूमा ताप्लेजुङ सरोकार केन्द्रले पीडितहरूको उद्दार तथा राहत सहयोगमा उल्लेख्य काम गर्दै आएको छ । यसका साथै जिल्लावासीहरूमा आइपर्ने समस्याहरूमा पनि यसले यथाशक्य सहयोग गर्दै आएको छ ।

गोष्ठी/अन्तरक्रिया
ताप्लेजुङको विकासमा पर्यटनको महत्वपुर्ण भूमिका हुने ठानेर ताप्लेजुङ सरोकार केन्द्रले २०६३ साल माघ १२ नेपाल पर्यटन वोर्डको हलमा ‘ताप्लेजुङमा पर्यटन विकासको सम्भावना’ विषयक गोष्ठी आयोजना गरेको थियो ।

पर्यटन वोर्ड, टीआरपीएपी, यूएनलाई साथ लिएर सम्पन्न उक्त गोष्ठी पर्यटनमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रममा पर्यटन क्षेत्रका विशिष्टव्यक्तित्वहरूको सहभागिता रहेको थियो । त्यस यता पनि पर्यटनसँग सम्बन्धित धेरै कार्यहरू गर्दै आएको छ।

ताप्लेजुङ मेला/महोत्सव
सरोकार केन्द्रले ताप्लेजुङवासीहरूबीच भेटघाट र रमाइलो पनि गर्ने अनि जिल्लाको पहिचानलाई ताप्लेजुङभन्दा बाहिरका मानिसहरूमा पनि पु¥याउने उद्देश्य राखेर २०६५ साल फागुन ३०, ३१ र चैत्र १ गते काठमाडौंको टुडिखेलमा ताप्लेजुङ मेलाको आयोजना गरेको थियो ।

त्यस्तै ताप्लेजुङ सरोकार केन्द्रले २०६७ साल वैशाख ३, ४ र ५ गते ताप्लेजुङ महोत्सव आयोजना ग¥यो । काठमाडौंको टुडिखेलमा चलेको उक्त मेला र महोत्सव ऐतिहासिक रूपले सम्पन्न भएको थियो । मेलामा ताप्लेजुङमा उत्पादित जडिबुटीहरू, घरेलु उत्पादनहरू राखिनुका साथै ताप्लेजुङ झल्कने खाद्य स्टलहरू राखिएको थियो ।

ताप्लेजुङको पर्यटन प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरू राखिनुका साथै ताप्लेजुङ चिनाउने भिडियो प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो । ताप्लेजुङको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय पक्षलाई चिनाउन यो ज्यादै महत्वपूर्ण रह्यो । यसले ताप्लेजुङ र ताप्लेजुङ सरोकार केन्द्रको पहिचान र सामाथ्र्यलाई उचाईमा पु¥याउने काम ग¥यो । काठमाडौं उपत्यकामा जिल्लाबाहिरका संस्थाहरूले गरेको यस्तो मेला÷महोत्सव पहिलो भएको विश्वास गरिन्छ ।

पाथीभरा पदयात्रा महोत्सव
सरोकार केन्द्रले २०७४ चैत्र २७ गतेदेखि वैशाख ३, २०७५ सम्म तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव आयोजना गर्यो । तेह्रथुमको वसन्तपुरबाट सुरु भएको पदयात्रा पाथीभरादेवीको मन्दिरसम्म पुग्यो ।

यस पदयात्राको क्रममा सरोकार केन्द्रले इटहरिबाट धरान, धनकुटा, तेह्रथुम, गुफा, ताप्लेजुङ, पाथीभरा, पाँचथर, पौवाभन्ज्याङ, इलामको कन्याम र श्रीअन्तुका साथै झापा हुँदै इटहरि जोडिने पुर्वको पर्यटकीय क्षेत्रहरूलाई समेटेर ‘सर्किट टुर एण्ड ट्राभल’ अवधारणा पनि अघि सा¥यो । पर्यटन प्रवद्र्धनको उद्देश्यले सरोकार केन्द्रले ‘पाथीभरा पदयात्रा स्मारिका’ पनि प्रकाशन गरेको छ ।

ताप्लेजुङ साँझ
ताप्लेजुङ सरोकार केन्द्रले २०७६ माध १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ताप्लेजुङ साँझ भव्यतापूर्वक सम्पन्न गर्यो ।

ताप्लेजुङको कलाकारहरूको प्रस्तुति रहेको उक्त कार्यक्रममा अतिथि कलाकारमा राजेशपायल राई र मेलिना राई रहेको थियो । यो साँझ ऐतिहासिक रूपमा सम्पन्न भएको थियो । त्यसैगरी सरोकार केन्द्रले बेला बेलामा द्यौसी भैलो, फुटसल कार्यक्रम पनि आयोजना गर्दैआएको छ ।

कोरोना राहत तथा उद्दार
ताप्लेजुङ सरोकार केन्द्रले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा रोजगारी गुमाएर अप्ठ्यारोमा परेका जिल्लावासीहरूलाई राहत कार्यक्रम सन्चालन गरेको थियो । सिंगो देश संतस्त्र बनिरहेको बेला सरोकार केन्द्र राहत बोकेर पीडितहरूको कोठा-कोठासम्म पुग्यो ।

कोरोना कालमा राहत वितरण गर्ने नेपालमै यो पहिलो संस्था थियो । पछि यसको सिको धेरैले गरे । कोरोनाको प्रभाव लम्विने आंकलन गरेर ताप्लेजुङ सरोकार केन्द्रले अप्ठ्यारोमा परेका जिल्लावासीहरूलाई २१ वटा बसमार्फत ताप्लेजुङ पु¥याउने काम ग¥यो । यो उपयुक्त समयमा गरिएको सही निर्णय थियो । र, नेपालमा भइरहेको उद्धारमा संख्यात्मक हिसाबले यो सबैभन्दा ठूलो उद्धार थियो । ताप्लेजुङ सरोकार केन्द्रले गरेका यी केही प्रतिनिधि कार्यहरू मात्रै हुन्, स्थापनादेखि अहिलेसम्म आइपुग्दा धेरै कामहरू गरेको छ ।

आफ्नो कामका कारण सरोकार केन्द्र ताप्लेजुङवासीहरूको आशा, आस्था र भरोशाको केन्द्रको रूपमा विकसित भएको छ । यो ताप्लेजुङलाई माया गर्ने, ताप्लेजुङका लागि केही गरौं भन्ने र ताप्लेजुङवासीहरूबीच सद्भाव र हार्दिकताको विकास गरौं भन्नेहरूको साझा चौतारी वनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा