Lite Nepal

शुक्रबार, पौष ११, २०८१

विराटनगर । औद्योगिक क्षेत्रले वर्तमान समयमा भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा प्रदेश सरकार गम्भीर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

शुक्रबार सुनसरीको इटहरीमा उद्योग संगठन मोरङले आयोजना गरेको व्यवसायिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले निजि क्षेत्रसंग सहकार्य गरिरहेको जानकारी दिए ।

उनले अहिले देखिए समस्या समाधान गर्दै, औद्योगिक कामदारले भोग्नु परेका समस्याहरुका विषयमा गोष्ठीको निष्कर्षले मद्दत पुग्ने बिश्वास व्यक्त गरे । उनले भने, ‘राज्यले पहल गर्नु पर्नै विषयमा उद्योग संगठन मोरङले कार्यशालाको आयोजना गरेको छ, यसले भइरहेका समस्या समाधानका लागि ठोस निष्कर्ष निकल्न सहयोग पुग्नेछ ।’

गोष्ठीको निष्कर्ष सरकारलाई औद्योगिक सुरक्षा र स्वास्थ्य सम्बन्धि नीति बनाउनका लागि समेत कोशेढुंगा सावित हुने उनले बताए । उद्योग संगठन मोरङसँग प्रदेश सरकारले निरन्तर सहकार्य र अन्तरक्रिया गरिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले भने – ‘लगानी सम्मेलन सफल बनाउन पनि सल्लाह दिँदै आइरहेको छ ।’ पछिल्लो समयमा उद्योग संगठन मोरङले व्यवसायिक कौशलता बढाइरहेकोमा प्रंशासा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा