Lite Nepal

आइतबार, पौष २०, २०८१

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका २० वटा गैंडा भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पुगेका छन् । निकुञ्जका अधिकारीका अनुसार निकुञ्ज हुँदै बग्ने कर्णाली नदीको भँगालो गेरुवामा पानी सुकेका कारण ती गैंडा पिउने पानी र आहाल खेल्ने दलदल खोज्दै सीमावर्ती भारतीय आरक्षमा पुगेका हुन् ।

२०७१ र ०७४ सालमा आएको बाढीले ढुंगाबालुवा थुपारेपछि कर्णाली नदीको भँगालो गेरुवाले धार परिवर्तन गर्‍यो । पहिले कर्णालीको ८० प्रतिशत पानी बग्ने गेरुवामा ०७४ सालयता निकै थारै पानी बग्छ । त्यसको असर बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनका वन्यजन्तुमा परेको छ । पर्यात पानी नहुनु, आहालको उचित व्यवस्थापनको अभाव जस्ता कारण गैंडा भारतीय आरक्षमा गएको अनुसन्धानमा देखिएको छ ।

खाता जैविकमार्ग हुँदै गैंडा भारततर्फ गएका हुन् । भारतीय आरक्षमा पर्याप्त पानीसँगै आहाल खेल्न बनाइदिएको दलदले पोखरीहरू भएका कारण गैंडा त्यतैतर्फ पल्किएका हुन् ।

भारतीय आरक्षमा पुगेका वन्यजन्तु गैंडा फर्कन पाउँदैनन् । किनभने उता गएका गैंडा नेपाल नफर्किऊन् भनेर भारतीय आरक्षामा खटिएका सुरक्षाकर्मीले उतै रोक्ने प्रयास गर्दै आएको संरक्षणकर्मी बताउँछन् । जीपीएस रेडियो कलर नभएका कारण गैंडाको अवस्था थाहा हुँदैन । भारततर्फ वन्यजन्तुका लागि उचित व्यवस्थापन भएका कारण यो अवस्था आएको हो ।

सन् १९८४ मा पहिलो पटक चितवनबाट बर्दियामा ५ भाले र ८ पोथी सहित १३ वटा गैंडा स्थानान्तरण गरिएको थियो । त्यसपछि ७४ वटा गैंडा बबई उपत्यकामा छाडियो । खाता जैविकमार्ग वन कार्यालय अन्तर्गत पर्दछ । यसै मार्ग हुँदै वन्यजन्तु नेपाल-भारत ओहोरदोहोर गर्छन् ।

पछिल्लो गणनाअनुसार बर्दिया निकुञ्जमा ३६ वटा गैंडा रहेकामा अहिले घटेर १६ पुगेको छ । वन्यजन्तुका लागि पानीको उचित व्यवस्था र आहाल निर्माण नभए यहाँका गैंडा पलायन भएर शून्यमा झर्ने भन्दै संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा