Lite Nepal

मंगलबार, पौष २९, २०८१

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य राज्य भावमा, बुध ९ गतेसम्म भाग्य भावमा र १० गतेबाट कर्म भावमा, शुक्र १६ गतेसम्म लाभ भावमा र १७ गतेबाट खर्च भावमा, बृहस्पति र शनि क्रमशः धन भावमा र आए भावमा, मङ्गल ९ गतेसम्म सुख भावमा १० गतेबाट पराक्रम भावमा, राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् ।

माथि उल्लेखित ग्रहगोचरको अध्ययन वा विश्लेषण गर्दा महिना भरि नै प्राय सबै ग्रहको गोचर शुभ रहेको छ । राज्य भावमा गोचर गर्ने सूर्यको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ । प्रेममा थप सामीप्य बढ्ने वा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । भाग्य भाव र राज्य भावमा महिना भरनै गोचर गर्ने बुधको प्रभावले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । लाभ भाव र खर्च भावमा शुक्रको शुभ गोचरको कारणले प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइनेछ भने शुभ तथा माङ्गलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ ।

अग्रज वा दिग्गज व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ । अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार, निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल, कलेज,बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिनेछ । काम वा अध्ययनको शिललिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । तरपनि पहिलो हप्ता मङ्गलको गोचर अनुकूल नहुनाले घरजग्गा सम्बन्धी किचलो हुनसक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा, बुध ९ गतेसम्म कष्ट भावमा र १० गतेबाट भाग्य भावमा, शुक्र १६ गतेसम्म राज्य भावमा र १७ गतेबाट लाभ भावमा, बृहस्पति र शनि क्रमशः राशिमा र कर्म भावमा, मङ्गल ९ गतेसम्म पराक्रम भावमा र १० गतेबाट धन भावमा, राहु लाभ लाभ र केतु विद्या भावमा गोचर गरिरहेका छन् ।

महिनाभर नै ग्रहरुको अनुकूल प्रभावले राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । बृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।

शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । कन्स्ट्रक्सन, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी इन्जिन, खाद्यान्न तथा गर गहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको चौथाे अङ्गको भूमिका निभाउने पत्रकार, शेयर बजारमा ठुला लगानी कर्ता स्वादेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तरपनि १० गतेबाट धन वा कुटुम्ब भावमा मङ्गलको अशुभ गोचरले स्थायी धन तथा सम्पत्ति विवाद आउनेछ । सवारी साधन वा मानव निर्मित सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । कुटुम्ब वा आफन्तसँग लेनदेनको विषयमा विवाद हुनेछ । विद्या भावमा गोचर गर्ने केतुको प्रभावले पेटमा समस्या आउने र सन्तानसँग टाढिनु पर्दा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा, बुध ९ गतेसम्म व्यापार भावमा र १० गतेबाट कष्ट भावमा, शुक्र १६ गतेसम्म भाग्य भावमा र १७ गतेबाट राज्य भावमा, बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मङ्गल ९ गतेसम्म धन भावमा र १० गतेबाट राशिमा, राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिरहेका छन् ।

पहिलो साताको समय उत्तम रहेकोले पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदिबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।

महिनाको दोस्रो साताबाट राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सुख भावमा गोचर गर्ने केतुको प्रभावले घरजग्गा सम्बन्धी विवाद हुने तथा सवारी साधनबाट चोटपटक लाग्ने योग रहेको छ । भाग्य भावमा शनिको प्रतिकुल प्रभावले न्यायसङ्गत काम नगर्दा जेल नेलको यात्रा हुने तथा फन्दामा परिन सकिन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा, बुध ९ गतेसम्म प्रतिस्पर्धा भावमा र १० गतेबाट व्यापार भावमा, शुक्र १६ गतेसम्म कष्ट भावमा र १७ गतेबाट भाग्य भावमा, बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मङ्गल ९ गतेसम्म राशिमा र १० गतेबाट खर्च भावमा, राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिरहेका छन् ।

व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमनस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । राशिमा वा खर्च भावमा मङ्गलको गोचरले सवारी साधनको प्रयोग गर्दा चोटपटकको सम्भावना रहेको छ भने वैदेशिक क्षेत्रको काममा रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला । महिना भरनै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

तरपनि बुध शुक्र र बृहस्पतिको अनुकूल गोचरको कारणले अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । शिक्षा क्षेत्र, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । पराक्रम भावमा गोचर गर्ने केतुले भाग्यमा अकस्मात् वृद्धि हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुने तथा मित्रबाट आर्थिक सहयोग प्राप्त हुनेछ । धर्म भावमा राहुको गोचरको कारणले अरूकै करकापमा मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरको यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा, बुध ९ गतेसम्म विद्या भावमा र १० गतेबाट प्रतिस्पर्धा भावमा, शुक्र १६ गतेसम्म व्यापार भावमा र १७ गतेबाट कष्ट भावमा, बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मङ्गल ९ गतेसम्म खर्च र १० गतेबाट लाभ भावमा, राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिरहेका छन् ।

यो महिना सिंह राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । अधिकांश ग्रहको अनुकुल गोचरका कारण साहसी काम गरेर अरूको मन जित्न सकिनेछ भने प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अदालत तथा न्यायालयबाट हुने निर्णयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तिको योग रहेको छ । पैतृक सम्पत्ति र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा अरूलाई पछाडि छोड्दै तपाईँको नाम अग्र स्थानमा आउनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरू नियमित रूपमा सुचारु हुँदा काम गर्न जोस जाँगर बढेर आउनेछ । नयाँ कार्ययोजना बनाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । राजनीतिकर्मी, समाजसेवी, पत्रकार, मेडिकल क्षेत्रसँग सम्बन्धित व्याक्तिहरुका लागी समय उत्तम रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भएपनि आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो बिचारहरू जनमानसमा लैजान सकिनेछ ।

धन भावमा केतुको गोचर र कष्ट भावमा राहुको प्रतिकुल गोचरको कारण शरीरमा घाउ खटिरा तथा चोटपटकको सम्भावना रहेको छ । सवारी साधन तथा मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्राकृतिक प्रकोपको चपेटामा परिन सकिन्छ ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी सूर्य विद्या भावमा, बुध ९ गतेसम्म सुख भावमा र १० गतेबाट विद्या भावमा, शुक्र १६ गतेसम्म प्रतिस्पर्धा भावमा र १७ गतेबाट व्यापार भावमा, बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मङ्गल ९ गतेसम्म लाभ र १० गतेबाट राज्य भावमा, राहु व्यापार भावमा र केतु राशिमा गोचर गरिहरेका छन् ।

महिनाको दोस्रो सातासम्मको समय राम्रो रहेकोले मातापिता तथा अग्रजबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउने हरूका लागी समयले साथ दिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भूमि तथा पैतृक धन प्रयोग गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । बिलासी सामान, खाद्यान्न, ठेक्कापट्टा, निर्माण सामाग्री, गाडी तथा इन्जिन खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार, गरगहना र पर्यटन सम्बन्धी कामबाट मनग्गे लाभ लिन सकिनेछ । लाभ वा राज्य भावमा मङ्गलको शुभ प्रभावले सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश वा पदोन्नतिको बलियो सम्भावना रहेको छ ।

महिनाको दोस्रो साताबाट सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुन सक्छ । समयमा काम नसकिने तथा बौद्धिक व्याप्तित्वसँग सैद्धान्तिक राय बाझिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरू समयमा सकाउन मुस्किल पर्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा उल्झन आउने तथा रुपैयाँ पैसा फस्न सक्छ । घाउ तथा चोटपटक लाग्न सक्छ ध्यान दिनुहोला । नियम सङ्गत काम नगर्दा जेलनेल सम्मको यात्रा हुन सक्छ ख्याल गर्नुहोला । दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । राहु तथा केतुको गोचर अनुकूल नहुनाले धन सम्पत्ति फस्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागि सूर्य सुख भावमा, बुध ९ गतेसम्म पराक्रम भावमा र १० गतेबाट सुख भावमा, शुक्र १६ गतेसम्म विद्या भावमा र १७ गतेबाट प्रतिस्पर्धा भावमा, बृहस्पति र शनि क्रमशः कष्ट भावमा र विद्या भावमा, मङ्गल ९ गतेसम्म राज्य र १० गतेबाट भाग्य भावमा, राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहरेका छन् ।

सुख भावमा महिनाभर सूर्यको प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनते गर्नुपर्नेछ । अष्टम भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । सन्तान वा विद्या भावमा शनिको प्रभावले अध्ययनमा उतारचढाव आउनेछ । सन्तानसँग वैचारिक मतभेद हुनेछ । पेट, जण्डिज तथा कलेजोसँग सम्बन्धीत रोगीहरूका लागी समय मध्यम रहेको छ । भाग्यमा अवरोध तथा अपरेसन बिग्रने प्रबल सम्भावना रहन्छ । शत्रुबाट पराजय र दाजुभाइबाट असहयोग रहनेछ ।

तरपनि बुध, शुक्र, राहु र केतुको अनुकूल प्रभावले शुक्रको शुभ प्रभावले घरजग्गा तथा तथा सवारी साधन प्राप्ति हुनेछ भने वंश वृद्धिको योग रहेको छ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजार, बैक तथा वित्तीय क्षेत्रबाट केही मात्रामा लाभ लिन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा, बुध ९ गतेसम्म धन भावमा र १० गतेबाट पराक्रम भावमा, शुक्र १६ गतेसम्म सुख भावमा र १७ गतेबाट विद्या भावमा, बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मङ्गल ९ गतेसम्म भाग्य र १० गतेबाट कष्ट भावमा, राहु विद्या भावमा र केतु लाभ भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ ।

अडैया शनिको प्रभाव महिनाभर नै रहने हुनाले जन्म कुण्डलीमा शनि कमजोर छ भने उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घरजग्गा सम्बन्धी विवाद आउनेछ । आमाको स्वास्थ्यमा समस्या आउनेछ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । त्यस्तै कष्ट भावमा मङ्गलको प्रतिकुल गोचरको कारण शरीरमा चोटपटक तथा यात्रा गर्दा दुर्घटना हुने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य धन भावमा, बुध ९ गतेसम्म राशिमा र १० गतेबाट धन भावमा, शुक्र १६ गतेसम्म पराक्रम भावमा र १७ गतेबाट सुख भावमा, बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मङ्गल ९ गतेसम्म कष्ट र १० गतेबाट व्यापार भावमा, राहु सुख भावमा र केतु राज्य भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले अवसरहरूलाई क्याच गर्न नसोस्दा उपलब्धि हातबाट फुत्किनेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । राहुको प्रतिकुल प्रभावका कारण घरजग्गा सम्बन्धी विवाद तथा आफन्तमा झैझगडा हुने योग रहेको छ । राज्य भावमा केतुको प्रभावले नोकरीमा अपजस, स्थानान्तरण वा राजीनामा सम्मको योग रहेको छ । बृहस्पतिको प्रतिकुल प्रभावले ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ ।

शुक्र, बुध र शनिको अनुकूल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीस, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोष जनक नाफा हुनेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागि सूर्य राशिमा, बुध ९ गतेसम्म खर्च भावमा र १० गतेबाट राशिमा भावमा, शुक्र १६ गतेसम्म धन भावमा र १७ गतेबाट पराक्रम भावमा, बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मङ्गल ९ गतेसम्म व्यापार र १० गतेबाट प्रतिस्पर्धा भावमा, राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहरेका छन् ।

मकर राशि हुनेहरूका लागी विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा कामको लागि लामो दुरीको विदेश यात्राको तय हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरू भेटिनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ । बिलासी वस्तुको प्रयोग गर्न पाइने तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्द्रर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ । जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक सम्पत्ति वा बिलासी सामान उपहारको रुपामा प्राप्त हुनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने लामो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैतृक धन तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । विपरीत लिङ्ग तथा साथी सङ्गतले फाइदा हुने तथा बिलासी सामान प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ ।

तरपनि महिना भरिनै शनिको अन्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । राशिमा खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य खर्च भावमा, बुध ९ गतेसम्म लाभ भावमा र १० गतेबाट खर्च भावमा, शुक्र १६ गतेसम्म राशिमा र १७ गतेबाट धन भावमा, बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मङ्गल ९ गतेसम्म प्रतिस्पर्धा भावमा र १० गतेबाट विद्या भावमा, राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा कुम्भ राशि हुनेहरूका लागी व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुको प्रतिकुल गोचरको कारण आँखामा कष्ट, धनसम्पतीमा हानी, विद्यामा अरुचि तथा आफन्तको असहयोग रहने तथा ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला ।

बुध, शुक्र, बृहस्पति, मङ्गलको अनुकूल प्रभावले लामो समयदेखि थाती रहेका कामहरू सुचारु गर्न सकिनेछ । लेखन तथा कला क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै जनमानसमा लैजान सकिनेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने प्रेममा रहेकोहरुका लागि आफन्त तथा परिवारका सदस्यबाट वैधानिकता प्राप्त हुनेछ । विदेशी सामनको व्यापार, महंगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागि सूर्य लाभ भावमा, बुध ९ गतेसम्म राज्य भावमा र १० गतेबाट लाभ भावमा, शुक्र १६ गतेसम्म खर्च भावमा र १७ गतेबाट राशिमा, बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मङ्गल ९ गतेसम्म विद्या भावमा र १० गतेबाट सुख भावमा, राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहरेका छन् ।

सूर्य, शुक्र, बृहस्पति तथा बुध अनुकूलताले सङ्घर्षका बाबजुद राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाइने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्मसँग सम्बन्धित व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्कुल,कलेज,बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पन्न आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् ।

शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई श्वासप्रश्वास, आँखा, टाउको सम्बन्धी समस्या आउने सम्भावना रहेको छ । दीर्घरोग जस्तै प्रेसर,सुगर जस्ता रोगीहरुले विशेष ख्याल गर्नुहोला । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । व्यापार भावमा केतुको प्रभावले व्यापारमा सामान्य मन्दी आउनेछ । श्रीमान् श्रीमती बिच घरायसी कुरा नमिल्दा सामान्य मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

तपाईँको दिन शुभ रहोस् । – दुर्गा प्रसाद भण्डारी, रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा