Lite Nepal

शुक्रबार, माघ ०३, २०८१

विराटनगर । काेशी प्रदेशकाे राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । यो वर्ष माघबाट मात्र चिसाे मौसम सुरु भएसँगै हुस्सु लागेको हो । मौसम धुम्मिएर लागेको हुस्सुका कारण घाम देख्न पाइएको छैन । हुस्सुसँगै बिहानैदेखि विगतका दिनमा भन्दा अलि बढी चिसो महसुस भएको छ । विगत वर्षहरुमा मंसिर दोस्रो सातादेखि नै हुस्सु लाग्ने गरेको थियो । तर यस वर्ष माघबाट मात्रै हुस्सु लागेकाे छ ।

हुस्सुका कारण नजिकका दृष्य पनि देख्न मुस्किल परिरहेको छ । सडक तथा सार्वजनिक स्थलमा भिडभाड कम छ । सडकमा अरु दिनको तुलनामा सवारी साधन पनि कम चलेका छन् ।

हुस्सुले सवारी साधन चलाउन झन् गाह्रो हुने गरेको छ । ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढेकोभन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ । हेराै‌ विराटनगरमा लागेकाे हुस्सुका ११ तस्बिर ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा