Lite Nepal

बुधबार, माघ ०८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।

सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने पनि निर्णय पनि गरेको छ ।

मन्त्री भण्डारीका अनुसार बैठकले आगामी फागुन ३ गते प्रदेश सरकार स्थापना भएको दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको छ । त्यस्तै प्रदेश निजामती सेवाको ११औं तहमा बढुवा हुनुभएका प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डाक्टर इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतलाई विभिन्न कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले बुढीगंगा ट्रक पार्किङ स्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने, भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ ।

यस्तै विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए । आजको बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने पनि निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा