Lite Nepal

बिहिबार, माघ ०९, २०८१

ताप्लेजुङ । प्रेस चौतारीको २७औं स्थापना दिवसको अवसर पार्दै प्रेस चौतारी नेपाल ताप्लेजुङले सक्रिय ३ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपालले माघ २२ गते आफ्नो २७औं स्थापना दिवस मनाउँदैछ । त्यसै अवसरमा पत्रकार राजेन्द्र श्रेष्ठ, मदन गौतम र लोकेश लिवाङलाई पुरस्कृत गर्ने निर्णय भएको चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष वसन्त पालुङ्वाले जानकारी दिए ।

पत्रकार श्रेष्ठलाई १० हजार १ सय ५ रुपैयाँ राशीको जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार, गौतमलाई १० हजार १ सय ५ रुपैयाँ राशीकै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार र लिवाङलाई प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट व्यवस्थापन भएको १० हजार १ सय ५ रुपैयाँ राशीको प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय भएको हो ।

प्रेस चौतारी नेपाल ताप्लेजुङको बैठकले शाखाको अधिबेशन तथा पुरस्कार बितरण कार्यक्रम एकैदिन गर्नेगरी मिति तय गरेको अध्यक्ष पालुङ्वाले जानकारी दिए ।

पुरस्कृत हुने पत्रकार श्रेष्ठ प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष हुन् । श्रेष्ठ वेलकम खबर अनलाइनका सञ्चालक गर्दै सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा लागेका छन् ।

श्रेष्ठले पाउन लागेको पुरस्कार ताप्लेजुङ मैवाखोला गाउँपालिका – १ ढुङ्गेसाँघु पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर बैदेशिक रोजगार व्यवसायमा आबद्ध बलबहादुर तामाङले आफ्नी आमा जयमति तथा बुबा कर्णबहादुरको सम्मानमा प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष स्थापना गरेका हुन् । उनी हाल ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका अध्यक्ष समेत रहेका छन् । उनले स्थापना गरेको अक्षयकोषमार्फत जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार बितरण गर्न लागिएको हो ।

यस्तै गौतमलाई दिइने भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार ताप्लेजुङको फुङलिङ नगरपालिका – ९ हाङदेवा पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर पर्यटन व्यवसायमा सक्रिय ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसादको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् । पौडेलले यो पुरस्कारका लागि प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष राखेका छन् ।

पुरस्कार प्रप्त गर्ने गौतम प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष हुन् । उनी रेडियो ताप्लेजुङमा आवद्ध छन् ।

यस्तै प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट व्यवस्थापन भएको प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार लोकेश लिवाङ हाल ताप्लेजुङमा रहेर रेडियो काबेली सञ्चालन गर्दै सक्रिय पत्रकारितामा गर्छन् । उनी प्रेस सेन्टरमा आबद्ध छन् ।

पुरस्कारको निर्णय प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी, प्रदेश सदस्य केशवप्रसाद भट्टराई र केन्द्रीय प्रतिनिधि सुवास आचार्य सहितको उपस्थितिमा बसेको बैठकले गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा