Lite Nepal

शुक्रबार, माघ १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने भएका छन् ।

पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । ‘उकालोमा हिड्‌न गाह्रो हुने भनेकै ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र बालबालिकालाई हो,’ उनले भने, ‘उहाँहरूलाई केबलकारले निःशुल्क सेवा दिनेछ ।’

पौडेलका अनुसार केबलकार निर्माणदेखि सञ्चालन गर्दा चाहिने जनशक्ति परिचालनमा पनि स्थानीयलाई प्राथमिकता दिइने छ । यसले स्थानीयलाई रोजगार बनाउने देखिएको छ ।

स्थानीय प्रभावित क्षेत्रका बासिन्दा, विद्यार्थी र फरक क्षमता भएकालाई पनि टिकटमा विशेष सुविधा दिने तयारीमा केबलकार कम्पनी रहेको छ ।

केबलकार सञ्चालन भएपछि प्रभावित स्थानीय तहहरू फुङलिङ नगरपालिका, सिरीजङ्गा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाले पनि रोयल्टी पाउने भएका छन् ।

सञ्चालक पौडेलका अनुसार पाथीभरा केबलकारको सामाजिक उत्तरदायित्वको रकम पनि प्रभावित क्षेत्रमा खर्च गरिनेछ । ‘पाथीभरामा निर्माण भइरहेको केबलकारले समग्रमा जिल्ला र जिल्ला वासीलाई नै फाइदा पुग्नेछ,’ सञ्चालक पौडेलले भने, ‘यसले जिल्लाको समृद्धिमा टेवा पुर्‍याउनेछ ।’

हाल पाथीभरामा केबलकार निर्माणको काम भइरहेको छ । अहिले बटम स्टेसनको काम भइरहेको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा