Lite Nepal

मंगलबार, माघ १५, २०८१

विराटनगर । ताप्लेजुङमा केबुलकार बन्ने र रोक्ने विषयले निम्त्याएको शनिबार साँझको घटनामा प्रहरीले आत्मरक्षामात्रै गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन् ।

प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै प्रदेश सभामा विरोध भएपछि मन्त्री भण्डारीले सरकारको तर्फबाट घटनाको जानकारी गराउँदै घटनास्थलबाट प्रहरीले खुकुरी, लठ्ठी र गुलेली लगायतका घरेलु हातहतियार बसमेत बरामद गरेको बताए ।

आन्दोलनकारीको तर्फबाट प्रहरीमाथि अचानक ढुंगामुडा भएको र प्रहरी निरीक्षक रोहित शर्मासहित सात जना प्रहरीले अहिले पनि उपचाररत अवस्थामा रहेको उनले जानकारी दिए ।

‘दुःखद् घटना भयो, २१ जना प्रहरीसमेत घाइते भएका छन्, संघर्ष समितिका ३ जनालाई हिजै राति विराटनगरको नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ, मुख्यमन्त्रीको विशेष पहलमा हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ’ उनले भने, ‘ठुलो संख्यामा विभिन्न जिल्लाबाट मान्छे जम्मा हुने र त्यहाँ प्रहरीसँग भिडन्त गर्ने भन्ने संघर्ष समितिको योजना रहेको सुरक्षा निकायले जानकारी प्राप्त गरेको थियो, सयवटा बढी लठ्ठी, ३ थान खुकुरी र गुलेली पनि प्रहरीले बरामद गरेको थियो, बेलुका ५ बजेर ५० मिनेटमा प्रहरीमाथि अन्धधुन्ध ढुंगामुडा भयो ।’

ढुंगामुडापछि प्रहरीले आत्मरक्षाका लागि २० सेल अश्रुग्या“स र १० राउण्ड हवाई फायर गर्दा पनि आक्रमण नरोकिएपछि प्रहरीले आन्मरक्षाका लागि गोली चलाउँदा आन्दोलनकारीहरू घाइते भएको बताए ।

घटनास्थलमा आन्दोलनकारीहरू माथिल्लो भागमा बसेको र करिव ९० जनाको संख्यामा रहेका सशस्त्र र नेपाल प्रहरीमाथि सांघातिक हमला भएको पछि गोली चलाउनु परेको मन्त्री भण्डारीले प्रष्टिकरण दिए । उनले केबुलकार निर्माणका लागि यसअघिकै संघीय सरकारहरूले स्वीकृति दिएको बताए ।

आन्दोलनकारीले केबुलकार बन्न हुँदैन भन्ने धारणा राख्ने गरेको तर त्यहाँ केबुलकार बन्नुपर्छ भन्ने जनमत पनि ठुलो रहेको उनले दाबी गरे । प्रदेशभित्रको घटना भएका कारण प्रदेश सरकार समेत आन्दोलनकारी पक्षसँग वार्तामा बस्न तयार रहेको बताए ।

‘प्रदेश सरकार वार्ता गर्न तयार छ, सरकारले पहिल्यै वार्ता समिति गठन गरिसकेको छ’ उनले भने, ‘सरकारको तर्फबाट हामी आजै भोली नै वार्ता गर्न तयार छौं, तपाँईहरू वार्तामा आउनुस् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा