Lite Nepal

मंगलबार, माघ १५, २०८१

काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ । गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

उदाहरणका लागि ४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ । अन्ततः यसको भार भने यात्रुमा पर्छ ।

उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।
हेर्नुहोस् सूचना :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा