Lite Nepal

बिहिबार, माघ १७, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

निर्धारित विनिमयदर अनुसार क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा तथा सिंगापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ८९ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा एवं चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ तथा कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा छ । थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा तथा युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा एवं साउथ कोरियन वन एक सयको खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा तथा स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तथा हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा छ ।

कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा एवं बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा तोकिएको छ । ओमनी रियाल एकको खरिदर ३५८ रुयैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर वेबसाइटमा उपलब्ध केन्द्रीय बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा