Lite Nepal

बिहिबार, माघ १७, २०८१

काठमाडाैं । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बिहीबार) परेको छ । विविध कार्यक्रम गरेर यो समुदायले धुमधामसाथ एवं हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउने गर्छन् ।

यसलाई राष्ट्रिय पर्वकै रूपमा लिइन्छ । त्यही भएकाले सरकारले पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा ठाउँठाउँमा विभिन्न कार्यक्रम हुँदैछन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘सार’ अर्थात नयाँ भन्ने अर्थ हुन्छ ।

तामाङ समुदायले ल्होसारलाई उत्सवका रूपमा मनाउँछन् । यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ। सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो।

डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत भेषभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन्। यस पर्वमा तामाङ समुदायले कूलपूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्छन् । आफन्तजन भेला भइ मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने पर्व पनि हो ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होसार मनाउँछन् ।

यो पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने प्रचलन रहेको अगुवाहरु बताउँछन् । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खानु र शुभकामना आदानप्रदान गर्नु पर्वको विशेषता हो ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाउने गरिन्छ । पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च ओहोदामा रहेकाहरुले शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा