Lite Nepal

बिहिबार, माघ १७, २०८१

ताप्लेजुङ । बन्द र हड्ताल जस्ता गतिविधिले ताप्लेजुङका नागरिकको जनजीवनमा असर परेकाले बन्द फिर्ता लिइ वार्ताबाट समस्याको समाधान खोज्न ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

विहीबार एक विज्ञप्ति जारी गर्दै सङ्घले समस्याको समाधान बन्द नभई वार्ताबाट गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ भने सरकारलाई तत्काल वार्ता गरी जनजिवन सहज बनाइदिन अपिल गरेको हो ।

अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ प्रसिद्ध धार्मिकस्थल पाथीभरा-मुक्कुमलुङमा केबलकार निर्माणको विषयमा समर्थन र विरोध २०७२ सालदेखि नै हुँदै आएको छ । विवाद समाधानका लागि दुवै पक्षबीच भएका औपचारिक-अनौपचारिक वार्ता निष्कर्षमा पुग्न सकेको छैन । एक पक्षले समर्थन र अर्को पक्षले विरोध कायमै राखेको बेला २०८१ साल माघ १२ गते बेलुका पाथीभरा-मुक्कुमलुङ क्षेत्रस्थित बलुडाँडामा भएको झडपले चौतर्फी चिन्ता बढाएको छ ।’

घटनामा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सङ्घले विज्ञप्तिमा भनेको छ, ‘घटनापश्चात ताप्लेजुङलगायतका छिमेकी जिल्लाहरूमा भय बढेको आभाष भएको छ । मिति २०८१ माघ १५ गते देखि मेची राजमार्ग, तमोर करिडोर तथा तेह्रथुमबाट भित्रने मुख्य सडक अनिश्चितकालीन यातायात बन्द भएकाले दैनिक जनजीवन असहज बन्दै गएकोमा नेपाल सरकार र आन्दोलनरत पक्षको गम्भिर ध्यानाकर्षण गराउँदछौँ ।’

केबलकार निर्माण गर्न नहुने र केबलकार निर्माण कार्य अघि बढाउने विषयमा गत माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपपछि उत्पन्न समस्यासँगै आन्दोलनरत पक्षले माघ १५ बाट मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा