Lite Nepal

शनिबार, माघ १९, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार निर्माणको क्रममा भएको अवरोध र समस्या समाधानको पहल गर्न गृह मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ ।

केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकोले स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन भन्दै गृहले सामान्यलाई पत्र पठाएको हो । पत्रमा गृहका शाखा अधिकृत ऋषिकेश खतिवडाको हस्ताक्षर छ ।

पाथीभरामा गत माघ १२ गते आन्दोलनकारी र सुरक्षाकर्मी बीच झडप हुँदा २१ जना प्रहरी र आन्दोलनकारी घाईते भएको थिए । घाइते मध्ये दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

केबलकार निर्माणको विरोधमा पहिचानवादी समूहले १५ गते देखि मेची राजमार्ग तथा तमोर करिडोर अनिश्चितकालका लागि बन्द गरेका छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा