ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा पहिचानवादी समूहले गरेको बन्दको कारण जनजीवन असहज बनेको भन्दै नेकपा एमाले ताप्लेजुङले वार्ता र संवादकाे माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै एमालेले पाथीभरा क्षेत्रमा गत माघ १२ गते भएको घटना पछि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा जारी यातायात बन्दले नागरिकलाई समस्या परेको भन्दै उत्पन्न समस्या वार्ताको माध्यमबाट समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।
एमालेले नागरिकको स्वतन्त्रतापूर्वक जीवन निर्वाह गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
कार्यवाहक अध्यक्ष समेत रहेका पार्टीका जिल्ला उपाध्यक्ष दीपेन्द्र (दीपेन) पोमूद्धारा जारी विज्ञप्तिमा स्थानीय स्तरमा उठेका सवाल र सरोकारका बिषयलाई समेत ध्यानमा राखेर नेपाल सरकार र आन्दोलनरत दुबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ ।