Lite Nepal

शनिबार, माघ १९, २०८१

जनकपुर । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।

बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।

मृतकहरुमा मन्तार्नी देवी (४५), अर्चना ठाकुर (३०), बालाकृष्ण झा (६०), इन्दु देवी (५५) र चालक रहेका छन् ।

दुर्घटनामा मनोहर ठाकुर (३०), कामिनी झा (२५), सृष्टि ठाकुर (७) र जगतारण देवी (५०) गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए ।

मोटरसाइकललाई जोगाउने क्रममा गाडी सडकमा तीन बल्ड्याङ खाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा