काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण सुरु गरिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सरकार र आन्दोलनरत पक्ष बिच वार्ता सुरु भएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको छ ।
काठमाडौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेको र प्रारम्भिक छलफल भइरहेको सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।
गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले वार्ता सहजीकरण समिति गठन गरेको थियो । उक्त समितिमा प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेका छन् ।
पाथीभरामा केबलकार निर्माण भएपछि १ दिनको यात्रा १० मिनेटमा छोटिँदै
पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने