Lite Nepal

बिहिबार, माघ २४, २०८१

काठमाडौं । पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङमा निर्माण सुरु भएको केबलकारको विषयसँग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको नियोजित आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुन सबैलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

बैंक तथा बित्तिय संस्था नियमन विभागका विभागीय प्रमुख गुरु प्रसाद पौडेलले पाथीभरा केबलकार निर्माणको विषयलाई जोडेर बैंकमाथि गरिएको प्रहार गलत भएको बताए ।

‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक – ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

पछिल्लो समय पाथिभरा केबलकार निर्माणको विषयसँग जोडेर ग्लोबल बैङ्कमाथि चौतर्फी आक्रमण भएको छ । कुनै व्यक्तिसँग जोडिएको विषयलाई देशकै ठुलो कमर्सियल बैङ्कसँग जोडेर बैंक नै अप्ठ्यारोमा पर्ने गरि गलत प्रचार गरिनु गलत भएको बैंक विज्ञहरूले बताउँदै आएका छन् ।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दिएको थियो ।

त्यसपछि, ध्रुवनारायण श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी यती समूहले स्वामित्व लिएपछि श्रेष्ठ बाहिरिएका थिए । पछि आइएमई समुहले देशका सातवटै प्रदेशमा एक एक वटा केबलकार निर्माण गर्ने योजनाअन्तर्गत यती समूहबाट कम्पनी खरिद गरि निर्माण कार्य अघि बढाएको छ ।

आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल भएको र उनको नेतृत्वमा ग्लोबल आइएमई बैंक रहेकाले पछिल्लो समय एउटा समुहले बैकलाई नै लक्षित गरि बैंक बिरुद्धको अभियान थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष समेत रहेका चन्द्र ढकालको नेतृत्वमा ग्लोबल आइएमई बैंक अगाडि बढिरहे पनि बैंकमा चन्द्र ढकालको भन्दा आम सर्वसाधारणको लगानी तथा निक्षेप धेरै रहेको छ ।

ग्लोबल आइएमई बैंकमा ४८.७६ प्रतिशत लगानी सर्वसाधारणको रहेको छ । विभिन्न व्यक्ति तथा संस्थाको ०.५२ प्रतिशतदेखि ४.७४ प्रतिशतसम्म शेयर स्वामित्व छ । पब्लिक कम्पनी रहेको ग्लोबल आइएमई बैंकमा हजारौँको सङ्ख्यामा लगानीकर्ताको शेयर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा