Lite Nepal

शुक्रबार, माघ २५, २०८१

काठमाडौं । नेपाल आएर भिसा विपरीत काम गरेको आरोपमा १७ जना अमेरिकी नागरिक पक्राउ परेका छन् । १५ दिनको पर्यटन भिसामा आएर सुनसरीस्थित धरान उपमहानगरपालिकाको ५ नम्बर वडामा श्रमदान भन्दै भिसा विपरीतको काम गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

गत मंगलबार बिहान देउराली सौगात चोकमा बनिरहेको प्रेरणा समाज कल्याणकारी समाजको भवनमा काम गरिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो । पक्राउ परेका १६ पुरुष र एक महिला अमेरिकी नागरिक पर्यटन भिसामा नेपाल प्रवेश गरेर श्रमदानमा किन संलग्न भए भन्ने अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । उनीहरू भारत पश्चिम बंगालको आधार कार्ड भएका वसन्त लामाको सहयोगमा खटिएको भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सबैलाई अध्यागमन ऐन अन्तर्गत कारबाहीका लागि सिफारिस गरिएको छ । पक्राउ परेकामध्ये १२ जना पेन्सलभेनियाका छन् भने २ जना क्यालिफोर्निया र फ्लोरिडाका हुन् । यस्तै, न्युयोर्क र ओहायोका एक-एक जना छन् । पक्राउ परेकाहरूले अन्य स्थानमा कुनै गैरकानुनी काम गरेका छन् कि छैनन् भन्ने अनुसन्धान भइरहेको छ ।

अन्य कसुर नदेखिए पक्राउ परेका सबैलाई नेपालबाट डिपोर्ट गरिने स्रोतको दाबी छ । डिपोर्ट भए निश्चित समयसम्म नेपाल आउन प्रतिबन्ध लाग्नेछ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागको जिम्मा लगाएपछि के कारबाही गर्ने भन्ने टुंगो लाग्नेछ ।

पछिल्लो पाँच वर्षमा नेपालमा आएर गैरकानुनी काममा संलग्न रहेको आरोपमा विभिन्न देशका १७ सय १५ जना विदेशी डिपोर्ट गरिएको थियो । जसमा १५५ अमेरिकी छन् । नेपालमा आएर भिसा विपरीतको गतिविधि र अन्य आपराधिक घटनमा संलग्न रहेका विदेशीलाई कानुनी सजायपछि नेपाल आउन प्रतिबन्ध सहित डिपोर्ट गर्न सकिने कानुनी व्यवस्था छ ।

विदेशीहरू एउटा भिसामा नेपाल आउने तर अन्य गैरकानुनी काममा संलग्न हुने गरे पनि त्यसको निगरानी हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा