वार्ता र संवादबाटै समस्याको समाधान खोज्न योगेश भट्टराईको आग्रह
काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘नो केबलकार समूह’लाई वार्ता र संवादबाटै समस्याको समाधान खोज्न पुनः आग्रह गरेका छन् ।
आइतबार पुनः सरकारसँग भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आफूसँग उक्त समुहको संवाद भएको र संवादमा गृहमन्त्रीसँग आफ्ना कुरा राख्न चाहेकोले भेटघाटको व्यवस्था मिलाउन आग्रह भएको उल्लेख गर्दै भट्टराईले भेटको समय मिलेकाले वार्ता र संवाद भन्दा बाहिर नजान उक्त समूहलाई आग्रह गरेका हुन् ।
भट्टराईका अनुसार गृहमन्त्रीसँग सोमबार बेलुका ६ बजे भेटको समय तय भएको छ । उनले उक्त कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सबैलाई जानकारी गराएका छन् ।