Lite Nepal

सोमबार, माघ २८, २०८१

ताप्लेजुङ । तीर्थयात्रीको सहजताका लागि ताप्लेजुङको पाथीभरामा निर्माण सुरु भएको केबलकारको पक्षमा जिल्लावासी रहको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले बताएका छन् ।

सोमबार विहान सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै मेयर मादेनले ‘नो केबलकार समूह’मा जिल्ला बाहिरका निश्चित व्यक्तिहरूको संलग्नता रहेको र उनीहरूले ताप्लेजुङको विकास नचाहेको बताए । उनीहरूकै कारण जिल्ला अशान्त बन्दै गएको उनको दाबी थियो ।

‘म के भन्न चाहन्छु भने, केबलकारको पक्षमा धेरै वर्ष अघिबाट नै जिल्लाका नागरिक थिए । अहिले यो योजना अघि बढेको छ । यो स्थानमा के गर्न हुने, के नहुने सोचेर नगरपालिकाले अनुमति दिएको हो । केबलकार बनेपछि पाथीभराको महिमाको प्रचार हुन्छ । जिल्लाको समृद्धि हुन्छ,’ उनले भने ।

उनले ताप्लेजुङको विकासका विषयमा देश विदेशबाट चासो राख्नु सकरात्मक भए पनि केबलकारको विषयमा भ्रम फैलाएकोमा नगरपालिकाको ध्यानाकर्षण भएको बताए । ‘केबलकारका विषयमा जुन जुन भ्रम फैलाइएको छ । ती सबै गलत हुन् । ताप्लेजुङका नागरिक केबलकारको संधै पक्षमा छन् । र, केबलकार यहाँको आवश्यकता नै हो,’ उनले भने ।

पत्रकार सम्मेलनमा जिल्लाका सबै क्षेत्रका प्रतिनिधि र नागरिकको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा