काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लगागत प्लेटफर्मबाट धार्मिक सहिष्णुतामा खलल पुर्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राई रहेका छन् ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार राईले सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गरेको पाइएको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा गरी जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा गत माघ २५ गते पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक अवस्थीले उनीमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।