प्राध्यापक महेन्द्र लावतीको नियतमा प्रश्नै प्रश्न, यसरी छरिरहेका छन् भ्रम

‘विभिन्न भ्रम छर्दै जनजाति भिडाउँछन्, सामाजिक सञ्जाल दुरुपयोग गर्छन्’

Lite Nepal

शुक्रबार, फाल्गुण ०२, २०८१

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको क्रममा छ । सबै प्रक्रिया पुरा गरेर सुरु गरिएको केबलकार निर्माणको विभिन्न अड्कलका साथ विरोध र भ्रम छर्दै ‘नो केबलकार समूह’ले आन्दोलन पनि गरिरहेको छ । यस्तै आन्दोलन र भ्रम फैलाउनमा सक्रिय छन् – अमेरिकाको विश्वविद्यालयमा प्राध्यापकको भूमिकामा रहेका महेन्द्र लावती । उनी अहिले नेपालमा छन् ।

सामान्य अर्थमा भन्ने हो भने प्राध्यापक भन्नाले ‘विश्वविद्यालय अन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको प्राध्यापक वा प्रोफेसर’ भन्ने बुझिन्छ । नेपाली शब्दकोशले पनि त्यसरी नै व्याख्या गरेको छ । तर, उनीको पछिल्लो क्रियाकलाप हेर्ने हो भने विशिष्ट कार्य कतै देखिँदैन । उनी समाज भड्काउन उद्धत देखिन्छन् ।

नागरिकमा भ्रम फैलाउँदै आन्दोलन भड्काउन र ताप्लेजुङका नागरिकलाई दुई धारमा बाँड्न सक्रिय छन् लावती । त्यति मात्रै होइन, ताप्लेजुङका नागरिकको मत लिएर जिल्लाको हितमा काम गरिरहेका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई लगायत जनप्रतिनिधिलाई सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न आरोप लगाउन आफ्नो विज्ञता खर्चिरहेका छन् । उनको विज्ञता यता हेर्नुहोस् ।




महेन्द्र लावती अमेरिकास्थित वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय विकास विषयको प्राध्यापन गर्छन् । नेपालका आदिवासी जनजाति, दलित, मधेसी आदि सीमान्तकृत समुदायको अधिकारका लागि आलेख, कार्यपत्र र पुस्तकमार्फत आफ्ना विचार प्रस्तुत गर्दै आएका लावती अधिकारवादीका रूपमा पनि परिचित छन् । तर, माथिका उनका विचार र पोष्ट हेर्ने हो भने उनको विज्ञता अधुरै रहेछ भन्ने प्रष्ट हुन्छ । उनी अमेरिकाबाट नेपालमा आन्दोलन सट्काउन र राजनीतिक तरलतालाई कायमै राख्न आएका त होइनन् भन्ने शङ्का उब्जाउँछ ।

महेन्द्र लावतीको पछिल्ला कामलाई नियालिरहेका ताप्लेजुङका स्थानीयसमेत रहेका मणी शंकर पोमु प्रश्न गर्छन्, ‘तपाइहरूको यो देशमा लोकतन्त्र स्थापना गर्न के योगदान छ लावती जी ?’ पोमु सिलसिलेबार रूपमा यसरी प्रश्न गर्छन् ।

– लावती जी, तपाइले नेपालका आदिवासी जनजातिहरूलाई गलत सन्देशको नाममा १८/२० करोड उठाएर जनजाति मुभमेन्टको नाममा कता लाउनु भयो त्यो पैसा ?
– तपाइहरू जस्ता पाखण्डीहरूले जातिय कुरा गरे समाजलाइ बिखण्डन तिर लाने छुट कस्ले दिएको छ ?
– योगेश भट्टराई यहि माटोमा जन्मिएर यहि बसेर नेकपा एमालेको राजनीतिक ज ब ज बाट नै समाज रुपान्तरण गर्दै नेपाल र नेपालीलाई सुखी र समृद्ध नेपाल निर्माण गर्ने ल्याकत राख्छन् ।
– लावती जी म एउटा सचेत नागरिक नेकपा एमालेको सिपाही यहि नेपाली माटोमा जन्मिएको आज सम्म समाज र देशलाई केही योगदान दिन सक्छु भनेर निरन्तर लागेको छु र समाजलाई राम्रो सँग चित्रण गरेको छु । हाम्रो समाजमा कुनै पनि जात जातीको सिंगल मेजरिटि छैन हाम्रो समाज सामुहिक नै हो । विभिन्न जातजाति विच धर्म सद्भाव खलबल्याने अभिव्यक्ति, चिन्तन आजको सबै भन्दा ठूलो समस्या हो । यस्ता किसिमको क्रियाकलाप तत्काल नगर्न कथित पहिचानवादी मित्र – डा महेन्द्र लावती जी लाई आग्रह गर्छु ।

पोमुको यो पोस्टलाई केलाउने नै हो भने लावतीले करोडौं रकम उडाएर जनजातीहरूलाई भिडाएका त छैनन् ? भन्ने प्रश्न पनि उठ्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा