Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

सुनसरी । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा अभिव्यक्ति दिएको भन्दै पदम चेन्जी माबोलाई सुनसरीको धरानमा मोसो दल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनता समाजवादी पार्टी नेपाल, धरानका उपाध्यक्ष सुमन चेम्जोङलाई पक्राउ गरेको हो । घटनापछि माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

हिजो (सोमबार)को उक्त जाहेरीपछि प्रहरीले आज (मंगलबार) चेम्जोङलाई पक्राउ गरेको हो । उजुरी परेपछि प्रहरीले ८ जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो ।

धरानका डीएसपी प्रकाश जबेगूका अनुसार अदालतको अनुमतिपछि चेम्जोङलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

गत आइतबार मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९, पुतलीलाइनमा माबोलाई कुटपिट गरी मोसो दलेका थिए ।

आफूलाई दुर्व्यवहार गर्ने जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत ८ जनाविरुद्ध माबोले किटानी जाहेरी दिएका थिए ।

मोसो दलिएको घटनापछि ‘नो केबलकार’ समूहको चौतर्फी आलोचना भइरहेको छ । आन्दोलनका नाममा अराजकता मच्चाइएको भनेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज पनि उठिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा