Lite Nepal

बुधबार, फाल्गुण ०७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज (बुधबार) शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको बताए । उनले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र प्राप्त गरेको स्मरण गर्दै यसको रक्षा सबैको जिम्मेवारी रहेको उल्लेख गरे ।

‘प्रजातन्त्रका लागि भएको संघर्षमा सहिदहरूले अमूल्य जीवन उत्सर्ग गरेका छन्। सहिदहरुको बलिदानको सम्मान गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ’ उनले भने । मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै न्याय, समानता, सुशासन र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

‘प्रजातन्त्रको मूलमर्म भनेको जनताको अधिकारको सम्मान हो। यसलाई जीवन पद्धति बनाएर अघि बढ्न सक्यौं भने मात्रै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्छौं,’ प्रजातन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा