Lite Nepal

आइतबार, फाल्गुण ११, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार देखि काफ्लेपाटीसहित बलुडाँडा सम्म निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ । केबलकार सम्बन्धी विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा लगाएको हो ।

गएराती सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रहने बताए । यो समयमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस, घेराउ गर्न नपाउने गरी उल्लेख छ ।

सदरमुकामको पूर्वतर्फ फुङ्लिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङ्लिङ नगरपालिका ७ घोडेचौर काफ्लेपाटी, उत्तरमा फुङ्लिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङ्लिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ ।

यस्तै काफ्लेपार्टी क्षेत्रमा पूर्वतर्फ पर्यटन प्रहरी कार्यालयको एक सय मिटर क्षेत्र, पश्चिममा डढेले इलाका, उत्तरमा केबलकार शव स्टेशन, पानीको मुहान इलाकाको एक सय मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको एक सय मिटर जंगल क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।

सदरमुकाम फुङ्लिङमा शनिबार बेलुका प्रहरी र आन्दोलनकारीबीच पटक÷पटक झडप भएको थियो । आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई धरानको घोपा पु¥याइएको र ९ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

यता प्रहरीतर्फ पनि ११ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएको समूह काफ्लेपार्टी क्षेत्रबाट हिजो दिउँसो पदयात्रा गर्दै र गाडीमा सदरमुकाम आएका थिए ।

सदरमुकाम आएपछि उनीहरूले नारा जुलुस गर्नुका साथै राँके जुलुस प्रदर्शन गरे । प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीलाई लखेटेको र आगोको लप्काहरू घरमा फालेको देखिन्छ । यो झडपमा ११ जना प्रहरी घाइते भएका थिए ।

यसपछि प्रहरीले धरपकड गर्ने क्रममा आन्दोलनकारीतर्फ ठूलो संख्यामा घाइते भएको उल्लेख छ । प्रहरीले १५ जनालाई पक्राउ समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा