ताप्लेजुङ । प्रहरीसँगको झडपपछि शनिबार राती फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’ समूहका १५ जनालाई आइतबार ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
हुलदंगा र अपराधिक उपद्रव कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गर्न नहुने तथा सोहि संहिताको दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरमा उनीहरूको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेर म्याद थप गर्दै अनुसन्धान भइरहेका हरूमा पाँचथर हिलिहाङ गाउँपालिका – ६ स्थायी घर भई झापाको अर्जुनधारा नगरपालिका – ११ का ४८ बर्षिय मित्र लिङदेन, सुनसरीको इटहरी उपमहानगरपालिका – ३ का २३ बर्षिय विवेक लिम्बू, पाँचथर फिदिम नगरपालिका – ११ बस्ने २२ बर्षिय एमन राई, तेह्रथुमको आठराई गाउँपालिका – ७ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने ३० बर्षिय निर्मला बराल (दर्नाल) र ताप्लेजुङ जिल्लाको आठराई त्रिबेणी गाउँपालिका – १ बस्ने ४५ बर्षिय नवीन पोमू रहेका छन् ।
यस्तै मोरङ ग्रामथान गाउँपालिका – ६ स्थायी घर भई सुन्दर हरैंचा नगरपालिका –१० बस्ने ५८ बर्षिय तुलाराम तामाङ, सुनसरीको ईटहरी उपमहानगरपालिका – ३ का १९ बर्षिय जुरन राई, मोरङको उर्लावारी नगरपालिका – १ बस्ने ३९ बर्षिय हरि लिम्बू, पाँचथरको फालेलुङ गाउँपालिका – ८ स्थायी घर भई हाल फिदिम नगरपालिका – १ बस्ने ४० बर्षिय सुनिता केरुङ र सुनसरीको ईटहरी उपमहानगरपालिका–२ बस्ने ३२ बर्षिय अर्जुन उपनामले चिनिने बिर्खबहादुर तामाङलाई पनि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।
सुनसरीको इटहरी उप महानगरपालिका – २० बस्ने ३२ बर्षिय अनुप सुब्बा, सोहि उपमहानगरपालिका – १० बस्ने १९ बर्षिय बिशेष सुब्बा, पाँचथरका मिक्लाजुङ गाउँपालिका – ५ घर भई हाल इलाम नगरपालिका – ७ बस्ने ५१ बर्षिय योगेन्द्र लावती, झापाको अर्जुनधारा नगरपालिका – ४ बस्ने २१ बर्षिय निहा चेम्जोङ र झापाकै शिवसताक्षी नगरपालिका – २ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका – २ बस्ने २० बर्षिय इक्सा लिम्बूलाई पनि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
उनीहरू नो केबलकार समूहमा आवद्ध भई ताप्लेजुङमा पदयात्रा गर्दै केबलकारको विरोधमा आन्दोलनमा पुगेका थिए ।