काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । (आज) सोमबार बिहान बिहान ९ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।