काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।
उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक थिए ।
भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता रहनुभएका उहाँ ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए ।