Lite Nepal

शुक्रबार, फाल्गुण १६, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको पक्षमा उभिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो ।

‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘वार्ता गर्न र त्यहाँ देखिएका समस्या समाधान गर्न भने कांग्रेस तयार छ ।’

बैठकमा पाथीभरामा केबलकार निर्माणको क्रममा देखिएको विवादबारे नेताहरूले धारणा राखेका थिए । शीर्ष नेताको बैठकमा सैद्धान्तिक छलफल मात्रै भएको र कुनै निर्णयमा नपुगेको उनले बताए । नयाँ विधेयकहरूका विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

‘निर्वाचन ऐन सम्बन्धी विधेयकलाई गृह र कानुन मन्त्रालयले होमवर्क गरिराखको छ । दल सम्बन्धी विधेयकका कतिपय दफा स्थगनको अवस्थामा छन् । त्यो विधेयकलाई के गर्ने भन्ने कुरा भएको छ,’ घिमिरेले भने ।

विधेयकलाई छिटो प्रक्रियामा लाने सन्दर्भमा पनि कुरा भएको घिमिरेले जानकारी गराए । अध्यादेशका बारेमा कांग्रेस र एमाले सम्मिलित संयन्त्रमा कुरा हुने उल्लेख गर्दै पार्टी बैठकमा छलफल नभएको उनले जिकिर गरे । बैठकमा स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा