काठमाडौं । कोशी प्रदेश सभाको आजको बैठकमा सम्बोधन गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुन्न विपक्षी दलहरु तयार भएका छन् । ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ ।
यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
विपक्षीको चेतावनीपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग भेटवार्ता गरेका थिए । सो भेटपछि विपक्षीहरु सम्बोधन सुन्न तयार भएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले छुद्र, असभ्य र अमर्यादित कुरा नबोल्ने सहमित भएको स्रोतले जनाएको छ ।