Lite Nepal

बुधबार, चैत्र ०५, २०८१

काठमाडौं । नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्। नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो ।

जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको बताइएको छ । अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि चार प्यारासुट खुले र उनीहरूलाई अमेरिकाको फ्लोरिडास्थित तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले सफलता दिलाएका चालक दलका सदस्यहरूको प्रशंसा गरे । सुनीता र बुच सन् २०२४ को जुन ५ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कनुपर्ने थियो । तर अन्तरिक्षयानमा गडबडीका कारण उनीहरू उतै फस्न पुगेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा